+
+
Shares

राप्रपाका तीन पूर्वअध्यक्षले भने- महाधिवेशन हुनेमा शंका नगरौं, आत्मघाती कदम नचालौं

वक्तव्यमा गत निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढे छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते २१:०९

१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का तीन पूर्वअध्यक्षले तोकिएको समयमा महाधिवेशन हुनेमा शंका नगर्न असन्तुष्ट पक्षसँग आग्रह गरेका छन् । तीन पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त वक्तव्य निकालेका हुन् ।

‘आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ,’ वक्तव्यमा भनिएको छ, ‘तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौं । पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ ।’

यस्तो अवस्थामा पार्टी छाड्ने निर्णय नलिन पनि वक्तव्यमार्फत उनीहरूको आह्वान छ । ‘अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा गत निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढे छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?