News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ-५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेको छ।
- हिक्मतजंग कार्कीले टिकट नपाएपछि पार्टी परित्याग गर्ने निर्णय लिएका छन्।
- कार्कीले पार्टी अध्यक्षले जेनजी आन्दोलनको मनोभावना नबुझेको र सक्रिय युवालाई पाखा लगाइएको बताए।
५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौ-५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै विवाद बढेको छ ।
यहाँबाट चुनाव लड्न केन्द्रीय सदस्य हिक्मतजंग कार्की आकांक्षी थिए । थापाले टिकट पाएसँगै रुष्ट बनेका कार्की पार्टी परित्यागको निर्णयमा पुगेका छन् । ‘पार्टी अध्यक्षले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मनोभावना बुझ्नु भएन,’ उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पार्टीमा सक्रिय युवाहरूला पाखा लगाएर टिकट वितरण गरियो । यही कारणले मैले पार्टीको सबै जिम्मेवारीबाट मुक्त हुने र पार्टी परित्याग गर्ने निर्णय लिएको छु ।’
उनले आजै पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गर्नुका थप कारणहरू प्रष्ट पार्ने बताएका छन् ।
क्षेत्रीय कमिटीले उक्त क्षेत्रमा क्षेत्रीय अध्यक्ष नविन खड्का, केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङ, डा प्रकाशचन्द्र लोहनी, कार्की, केशव रेग्मीको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4