News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा बसोबास गर्ने नेपाली युवाहरूले काठमाडौंको रानीवनस्थित मानव सेवा आश्रमलाई करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
- शनिबार हस्तान्तरण गरिएको उक्त सहयोग सामग्रीमा चामल, दाल, च्युरा र तेल लगायतका खाद्यान्नहरू समावेश छन् ।
१७ जेठ, काठमाडौं । अमेरिका बसोबास गर्ने नेपालीहरूले मानव सेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।
काठमाडौंको रानिवनमा रहेको मानव सेवा आश्रमलाई अमेरिका बसोबास गर्ने युवाहरूको समूहले खाद्यान्न सामाग्री हस्तारन्तरण गरेको हो ।
अमेरिका बस्दै आएका बिदोन सुनुवार, खेमराज मगर, टोनोडा मगर, शरण गुरुङ, सन्तोष राई, डीओ राई, अस्टिन शेर्पा, थोमस गुरुङ, आईपी मन नाम गरेका युवाहरूले चामल, च्युरा, दाल, तेल लगायका खाद्यन्न सामाग्री आश्रमलाई सहयोग गरेका हुन् ।
सहयोग गर्ने युवाहरूले कोही नहुनेलाई सानो सहयोग गर्न पाएकोमा भन्दै सहयोग गर्ने युवाहरूले खुसी व्यक्त गरेका छन् ।
उनीहरूले संकलन गरेको करिब एक लाख नेपाली रुपैयाँ बराबरको सामाग्री शनिबार आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले आश्रममा आश्रित आमाबुवा, तथा नानीबाबुहरूको खाद्यन्नमा सानो भए पनि सहयोग मिलेको भन्दै आश्रमले आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया 4