+
+
Shares

नबिल बैंकले जनकपुरको मानव सेवा आश्रमलाई दियो अटो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा बाहन हस्तान्तरण गरेको छ।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सेवा बाहन हस्तान्तरण गरेका छन्।
  • आश्रमका अभिभावक पवन सिंघानियाले बैंकबाट प्राप्त सेवा बाहनले दैनिक कार्य गर्न सहज हुनेमा विश्वास व्यक्त गरेका छन्।

६ चैत, काठमाडौं । नबिल बैंकले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा बाहन अटो हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त बाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा बाहन हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त बाहनले थप सहज हुनेमा विश्वास व्यक्त गरे ।

बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । उनले मानव जातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैं तयार रहेको उल्लेख गरे ।

आश्रमका प्रमुख संस्थापक अधिकारीले सेवा बाहन को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा बाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?