News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीले वीरगञ्जबाट २० लाख रुपैयाँ हुन्डी रकमसहित विनय शंकर साह तुरहालाई पक्राउ गरेको छ।
- पक्राउ परेका साह तुरहाले मोटरसाइकलको सिटकभरमा रकम लुकाएर राखेका थिए, सशस्त्र प्रहरीले जनाएको छ।
- बरामद रकमसहित साह तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ।
६ चैत, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख रुपैयाँ हुन्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शंकर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।
बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4