News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी ट्रेडिङ प्रालिले ६ चैतदेखि आइतबारसम्म स्प्रिङ एक्स्चेन्ज क्याम्प सञ्चालन गरेको छ।
- क्याम्पमा पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडी लिन सकिने कम्पनीले जनाएको छ।
- ग्राहकले छुट, एक्स्चेन्ज बोनस, निःशुल्क चार्जिङ, वार्षिक सवारी कर र बम्पर लक्की ड्रमा आइफोन १७ प्रो जित्न पाउनेछन्।
६ चैत, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले आज शुक्रबारदेखि स्प्रिङ एक्स्चेन्ज क्याम्प सञ्चालन गरेको छ । आइतबारसम्म चल्ने क्याम्पमा पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडी लैजान सकिने कम्पनीले जनाएको छ ।
‘यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुममा सञ्चालन गरिएको छ ।’
स्प्रिङ एक्स्चेन्ज क्याम्प योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले आकर्षक छुट, आकर्षक एक्स्चेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहार समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बम्पर लक्की ड्र मा आइफोन १७ प्रो पनि जित्न सकिने छ। यस्तै, सो अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने छन् ।
प्रतिक्रिया 4