+
+
Shares

आजका लागि सकियो कांग्रेस बैठक, आइतबार फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि आइतबार बिहान ८ बजे सम्मका लागि स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्।
  • बैठकमा सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो।
  • उपसभापति शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पेश गरेका थिए र त्यसमाथि छलफल भएको नेताहरूले बताएका छन्।

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि (आइतबार) सम्मका लागि स्थगित भएको छ ।

आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो ।

उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

साथै, उपसभापति शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए ।

आजको बैठकमा सोही प्रतिवेदनमाथि छलफल चलेको नेताहरूले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?