+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित (तस्वीरहरू)

‘यो बैठक आज या भोलि नै सकिन्छ । बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।
  • बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिलाई दिएको राजीनाबारे छलफल हुनेछ।
  • पार्टी महामन्त्री गुरुराज घिमिरेले बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिने र अर्को बैठकले महाधिवेशनको मिति घोषणा गर्ने बताए।

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् ।

पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज या भोलि सकिनेछ । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि उनले बताए ।

‘यो बैठक आज या भोलि नै सकिन्छ । बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्छ ।’

उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?