+
+
Shares

प्रशान्त तामाङको निधनले सलमान खानको ‘मातृभूमि’ रिलिज धकेलिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन गरी ‘मातृभूमि’ राखिएको छ र रिलिज मिति पछि सारिएको छ।
  • फिल्मका मुख्य खलनायक प्रशान्त तामाङको असामयिक निधनले छायांकनमा समस्या आएको छ र बाँकी दृश्य खिच्न कठिनाइ भएको छ।
  • निर्माताले प्रशान्तको दृश्य फेरि खिच्ने वा एआई र भीएफएक्समार्फत अनुहार राख्ने विकल्प विचार गरिरहेका छन् र रिलिज स्वतन्त्रता दिवस आसपास हुने सम्भावना छ।

मुम्बई । सलमान खान अभिनित ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन गरेर अहिले ‘मातृभूमि’ राखिएको छ । यो फिल्म अप्रिलको सुरुवातमै रिलिज गर्ने तयारी थियो । तर, स्क्रिप्टमा केही परिवर्तन गर्नुपरेपछि प्रदर्शन मिति पछाडि सारिएको छ ।

इन्डिया टुडेका अनुसार, फिल्म ढिलाइ हुनुको एउटा मुख्य कारण अभिनेता तथा गायक प्रशान्त तामाङको असामयिक निधन पनि हो ।

फिल्म निकट स्रोतका अनुसार ‘इन्डियन आइडल-३’ का विजेता तामाङलाई मुख्य खलनायकको भूमिकाका लागि अनुबन्ध गरिएको थियो र उनले केही महत्वपूर्ण दृश्यको छायांकन पनि गरिसकेका थिए । तर, जनवरीमा उनको निधन हुँदा केही महत्वपूर्ण दृश्यहरू खिच्न बाँकी नै थिए ।

‘टिमले प्रशान्तसँग केही महत्वपूर्ण दृश्य खिच्ने गरी पहिले नै तालिका बनाएको थियो । तर उनको निधनपछि टिम ठूलो संकटमा परेको छ,’ स्रोतले जनाएको छ ।

निर्माताले सुरुमा प्रशान्तका दृश्य फेरि खिच्ने विकल्प पनि सोचेका थिए । तर अहिले त्यो सम्भव देखिएको छैन । ‘क्लोजअप दृश्य त व्यवस्थापन गर्न सकिन्थ्यो, तर उनी ठूलो स्तरका एक्सन दृश्यमा पनि सहभागी थिए । त्यसलाई फेरि बनाउनु आर्थिक रूपमा मात्रै होइन, व्यवस्थापनका हिसाबले पनि निकै जटिल हुन्छ,” स्रोतले भन्यो ।

यसका साथै सलमान खानको समय मिलाउनुपर्ने समस्या र उनको लुकको निरन्तरता कायम राख्नुपर्ने चुनौतीले पनि टिमलाई थप अप्ठ्यारो बनाइरहेको छ ।

एक चरणमा टिमले यो भूमिकालाई अगाडि बढाउन अर्को अभिनेता ल्याउने (जस्तै ‘शर्माजी नमकीन’मा ऋषि कपूरको स्थानमा परेश रावल ल्याइएको थियो) वा बाँकी दृश्यमा प्रशान्तको अनुहार एआई र भीएफएक्समार्फत राख्ने विकल्पसमेत विचार गरिरहेको छ । तर यसका लागि उनको परिवारको सहमति आवश्यक पर्नेछ ।

‘छायांकन सकाएर पोस्ट-प्रोडक्सन सुरु गर्नुपर्ने भएकाले यसै महिनाको अन्त्यसम्ममा अन्तिम निर्णय लिइनेछ । हालसम्म रिलिज मिति तय गरिएको छैन, तर विषयवस्तु हेर्दा स्वतन्त्रता दिवसको आसपास रिलिज गर्ने लक्ष्य हुन सक्छ,’ स्रोतले थप्यो ।

अपूर्व लाखियाको निर्देशनमा बनेको ‘मातृभूमि’मा चित्राङ्गदा सिंह पनि मुख्य भूमिकामा छन् । सुरुमा यो फिल्म सन् २०२० मा भएको भारत-चीन गलवान संघर्षमा आधारित भनिएको थियो । तर अहिले यसको अद्यावधिक थिम ‘मे वा रेस्ट इन पिस’ भन्ने ट्यागलाइनसहित प्रस्तुत गरिएको छ ।

इन्डिया टुडेबाट ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?