+
+
Shares

धनकुटाबाट तीन जना बेवारिसे पुरुषको उद्धार

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरेर सुरक्षित राखिएको आश्रमले जनाएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन ९ गते १७:२६

९ फागुन, धनकुटा । मानव सेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’का क्रममा धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार गरेर मानव सेवा आश्रम सुनसरी पठाइएको छ ।

उद्धार हुनेमा धनकुटास्थित मदन चोकको सडक पेटीमा लामो समयदेखि बसिरहेका ३५ वर्षका अमृत व्यक्ति, ‘साहिल’ नाम बताउने ३६ वर्षका अर्का पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडक पेटीमै जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारी छन् ।

मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरेर सुरक्षित राखिएको आश्रमले जनाएको छ । भविष्यमा पारिवारिक पृष्ठभूमि खुलेमा पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ ।

मानव सेवा आश्रमले फागुन ३ देखि कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडक आश्रितहरूको उद्धार यात्रा चलाएको थियो । जुन फागुन १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?