+
+
Shares

मलाई धनी श्रीमान् चाहिँदैन, बरु उल्टै १०-१५ लाख दिन सकूँ : तान्या मित्तल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व ‘बिग बोस’ प्रतियोगी तान्या मित्तलले आफूलाई धनी जीवनसाथी आवश्यक नरहेको र पार्टनरलाई आर्थिक सहयोग गर्न सक्षम बन्न चाहेको बताएकी छन् ।
  • तान्या आफ्नी आमा सुनीता मित्तलसँग जोडीका रूपमा नयाँ कमेडी र कुकिङ रियालिटी शो ‘माँ है ना’ मा सहभागी हुँदैछिन् ।
  • उनले इन्स्टाग्राममा ‘फेरि एकपटक पुरुष अहंकारलाई चुनौती दिन पाउँदा खुसी लागेको छ ।’ भनी लेखेकी छन् ।

सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा पूर्व ‘बिग बोस’ प्रतियोगी तान्या मित्तलले आफूलाई धनी जीवनसाथी आवश्यक नरहेको बताएकी छन् । बरु आफू आर्थिक रूपमा यति सक्षम बन्न चाहने उनको भनाइ छ कि आफ्नो पार्टनरको कुनै पनि ठूलो आर्थिक आवश्यकता सहजै पूरा गर्न सकून् ।

पिंकभिल्लासँगको अन्तर्वार्तामा तान्याले भनिन्, ‘म जसलाई माया गर्छु वा जससँग सम्बन्धमा छु, उसका लागि सबै कुरा दिन तयार हुन्छु । मैले पहिले पनि यस्तो गरेकी छु र भविष्यमा पनि गर्नेछु । मलाई धनी श्रीमान् चाहिँदैन । मेरो श्रीमानसँग केही नभए पनि मलाई कुनै फरक पर्दैन ।’

उनले थपिन्, ‘म चाहन्छु, मेरो पार्टनर हरेक बिहान उठेर मसँग १० देखि १५ लाख रुपैयाँ मागोस् र मसँग उसलाई हरेक दिन त्यति रकम दिन सक्ने क्षमता होस् । म त्यस्तै प्रेमिका वा श्रीमती बन्न चाहन्छु ।’

तान्या अब कमेडी र कुकिङ रियालिटी शो ‘माँ है ना’ मा देखिने भएकी छन् । उक्त कार्यक्रममा उनी आफ्नी आमा सुनीता मित्तलसँग जोडीका रूपमा सहभागी हुँदैछिन् ।

हालै शोको प्रचार कार्यक्रममा तान्या र ‘स्प्लिट्सभिल्ला एक्स-६’ का विजेता गुल्लु अर्थात् कुशल तंवरबीच हल्का भनाभन भएको चर्चा पनि भएको थियो । गुल्लुबारे सोधिएको प्रश्नमा तान्याले अरूलाई हराउनका लागि उनीहरूको खाना बिगार्नु गलत भएको प्रतिक्रिया दिएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘जब तपाईं आफैंमा विश्वस्त हुनुहुन्न, तब अरूसँग यस्तो व्यवहार गर्नुहुन्छ। म सीमा नाघ्ने मानिसहरूलाई मन पराउँदिन ।’

त्यसपछि तान्याले कसैको नाम नलिई इन्स्टाग्राम स्टोरीमा लेखिन्, ‘फेरि एकपटक पुरुष अहंकारलाई चुनौती दिन पाउँदा खुसी लागेको छ । ईष्र्या भइरहेको छ ? म बुझ्न सक्छु । केही पुरुषहरू आत्मनिर्भर र बलिया महिलाको सम्मान गर्छन्, तर केहीले उनीहरूबारे कुरा मात्र गर्न सक्छन् ।’

उनले अगाडि लेखेकी छन्, ‘जब केही मानिस आफूलाई कसैका लागि सानो नबनाउने महिलाबाट असहज महसुस गरिरहेका छन्, म भने आफ्नो मेहनतबाट अगाडि बढिरहेकी छु, सफलता हासिल गरिरहेकी छु र मानिसको माया तथा आशीर्वाद पाइरहेकी छु । हेर्दै जानुहोस्, कुरा गर्दै जानुहोस् । मेरो काम र पहिचानले नै मलाई सधैं सम्झिने बनाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?