+
+
Shares

इनार खन्ने क्रममा एकको मृत्यु

मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको गौशाला नगरपालिका–१२ पडरियामा आज इनार खन्ने क्रममा निस्सासिएर सर्लाहीका २२ वर्षीय मजदुर वसन्तकुमार महतोको मृत्यु भएको छ ।
  • जमीनमुनि करिब ३६ फिट तल काठको ठूटो काट्न छिरेका महतोको निस्सासिएर बेहोस भएपछि अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१७ जेठ, जलेश्वर (महोत्तरी) । महोत्तर जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आज इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय मजदुर वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि ईनारभित्र पस्दा उनको निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।

इनारभित्र निस्सासिएर बेहोस भएका महतोलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि  ईश्वरपुर नगर अस्पताल, बयलबासमा पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।  घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?