+
+
Shares

युरोपमा गर्मीका कारण १० हजार बढीको मृत्यु भएको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपमा जुन महिनाको अन्त्यमा चलेको अत्यधिक गर्मीका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।
  • युरोपेली मोटालिटी मोनिटरिङ सेन्टरका अनुसार ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरू यस प्राकृतिक विपद्को मुख्य शिकार बनेका छन्।
  • कोपरनिकसका अनुसार यस वर्षको जुन महिना हालसम्मकै तातो महिनाका रूपमा रेकर्ड गरिएको छ, जहाँ तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो।

जुन महिनाको अन्त्यमा युरोपमा चलेको अत्यधिक गर्मीका कारण कम्तीमा १० हजार मानिसको मृत्यु भएको हुनसक्ने एक तथ्यांकले देखाएको छ ।

युरोप्स मोर्टालिटी मोनिटरिङ सेन्टरको तथ्यांकले यो विवरण देखाएको हो। सन् २०२६ को २६ औं हप्तामा युरोपमा सबै उमेर समूहमा गरी अतिरिक्त मृत्यु संख्या १० हजार नाघेको थियो। यसमध्ये सबैभन्दा बढी मृत्यु ६५ वर्ष र त्यसभन्दा माथिल्लो उमेर समूहका मानिसको भएको छ।

यो उमेर समूहमा ९ हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक छ। बेल्जियम र फ्रान्समा अत्यधिक उच्च अतिरिक्त मृत्युदर रेकर्ड गरिएको छ। स्पेन, नेदरल्याण्ड्स र स्विट्जरल्याण्डमा भने यो दर मध्यम स्तरमा रहेको छ।

युनाइटेड किंगडम, जर्मनी र इटालीमा अतिरिक्त मृत्युदर न्यून पाइएको छ। जुन महिनाको दोस्रो आधा समयमा युरोपले अत्यधिक तातो मौसमको सामना गरेको थियो। पश्चिमी युरोपेली देशहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो।

युरोपेली अर्थ अब्जरवेसन र म्यापिङ सर्विस कोपरनिकसले यो जुन महिना अहिलेसम्मकै सबैभन्दा तातो भएको पुष्टि गरेको छ। यो जुनमा औसत सतह वायुको तापक्रम २०.७४ डिग्री सेल्सियस पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?