+
+
Shares

बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ।
  • जोर्डनको प्रिन्स हसन एयर बेसमा मिसाइल र ड्रोन प्रयोग गरी इन्धन ट्यांकी तथा मिसाइल भण्डारलाई निशाना बनाइएको आईआरजीसीले जनाएको छ।
  • बहराइनको शेख ईसा एयर बेसमा रहेका हेलिकप्टर मर्मत केन्द्र र ड्रोन कमान्ड सेन्टरमा पनि क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीले आइतबार र सोमबार बिहान भएका अमेरिकी हमलाहरूको जवाफमा यो कारबाही गरिएको जनाएको छ। बीबीसी फारसीले आईआरजीसीलाई उद्धृत गर्दै यी आक्रमणहरूमा महत्त्वपूर्ण स्थान र सैन्य स्रोतहरूमा क्षति पुगेको बताएको छ।

आईआरजीसीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा जोर्डनको प्रिन्स हसन एयर बेसमा रहेको ठूलो मिसाइल भण्डार र इन्धन ट्यांकीलाई मिसाइल तथा ड्रोन आक्रमणबाट निशाना बनाइएको उल्लेख गरेको छ।

यस आक्रमणका कारण त्यहाँ आगो लागेको दाबी गरिएको छ। आईआरजीसीले बहराइनमा रहेको शेख ईसा एयर बेसलाई पनि निशाना बनाएको जनाएको छ।

आईआरजीसीका अनुसार यस हमलामा अमेरिकी सेनाको हेलिकप्टर मर्मत केन्द्र, पी-८ इलेक्ट्रोनिक युद्धक विमानको ह्याङ्गर, ड्रोन कमान्ड र कन्ट्रोल सेन्टरलाई निशाना बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?