+
+
Shares

सुशासनको क्षेत्रमा सरकारले राम्रो काम सुरु गर्‍यो : ज्ञानेन्द्र शाही

सोमबार रुपन्देहीको भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सय दिनमा सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताएका छन् ।
  • रुपन्देहीमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
  • उनले देश पुस्तान्तरणको चरणमा प्रवेश गरिसकेकाले अब पार्टीमा पनि रुपान्तरण आवश्यक रहेको जिकिर गरेका छन् ।

२९ असार, देवदह (रुपन्देही) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको बताएका हुन् ।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । ‘राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?