+
+
Shares

‘कर्णालीका आकाशमा मन्त्री निरीक्षण गर्दैछन्, नदीमा डुबेका नागरिक खोज्न गोताखोर पुगेनन्’

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बिहीबार हेलिकप्टरमार्फत कर्णालीका जिल्ला घुमिरहेका छन् । उनैलाई लक्षित गर्दै शाहीले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १६:१५

१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले मन्त्री कर्णालीका आकाशमा निरीक्षण गरिरहँदा कर्णालीमा डुबेका नागरिकको खोजीका लागि गोताखोर समेत नपुगेको भन्दै प्रश्न उठाएका छन् ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बिहीबार हेलिकप्टरमार्फत कर्णालीका जिल्ला घुमिरहेका छन् । उनैलाई लक्षित गर्दै शाहीले यस्तो बताएका हुन् ।

‘उता ऊर्जामन्त्री हेलिकोप्टरबाट कर्णालीको आकाशमा निरीक्षण भ्रमण गर्दै हुनुहुन्छ,’ शाहीले लेखेका छन्, ‘यता कर्णाली नदीमा डुबेका नागरिकहरूको खोजीका लागि गोताखोरसमेत समयमै पुग्न सकेका छैनन् ।’

संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै कार्यक्रम वा औपचारिकता नहुने उनले उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘त्यसैले सम्माननीय गृहमन्त्री ज्युलाई उद्धार तथा खोजी कार्यलाई तत्काल प्रभावकारी, तीव्र र आवश्यक स्रोत–साधनसहित अघि बढाइदिन हार्दिक अपिल गर्दछु ।’

बिहीबारै दैलेखमा कर्णाली नदीमा सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी कर्णाली नदीमा खसेर बेपत्ता छ । बिहान साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

गाडीबाट बाहिर खसेका एक जनाको मृत्यु भइसकेको छ भने अन्य कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?