+
+
Shares

लामो दुरीका सवारी साधन काठमाडौं उपत्यकामै होल्ड, सबै नाका बन्द

हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइउको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षा र पहिरोका कारण उच्च जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन् ।
  • चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेकाले नागढुङ्गा-मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णतः रोकिएको छ ।
  • बीपी राजमार्गको रोशी खोला र कान्तिपथलगायतका स्थानमा लेदोसहितको पहिरो गएकाले लामो दूरीका सवारी साधनहरू बसपार्क क्षेत्रमै होल्ड गरिएको छ ।

३० असार, काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ ।

नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छाडिएको छैन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुंगा-मुग्लिन-नारायणगढ आउजाउ गर्न  सवारी साधनलाई रोक लगाइएको छ । चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ ।

यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ ।

फर्पिङ-फाखेल-सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ ।

हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइउको छ ।

जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारीसाधनहरूलाई आवागमनमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?