३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
होराइजोन चोकबाट तिनकुने तर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति १२:१५ बजे पल्टिएको थियो ।
दुर्घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्याइए पनि १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4