+
+
Shares

काभ्रेको धुलिखेलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

बीपी राजमार्गको धुलिखेल नगरपालिका-९ पानीट्यांकीमा धुलिखेलबाट काभ्रेभञ्ज्याङ जाँदै गरेको प्र.३०२ ००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको धुलिखेलमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका २० वर्षीय निर्जल घिमिरेको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
  • बीपी राजमार्गको पानीट्यांकीमा धुलिखेलबाट काभ्रेभञ्ज्याङ जाँदै गरेको प्र.३०२ ००८ प ७१४३ नम्बरको स्कुटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
  • दुर्घटनापछि स्कुटर चालक पुकार घिमिरेलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेको छ ।

१२ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल-११ का २० वर्षीय निर्जल घिमिरे रहेको डीएस्पी रविन बिष्टले जानकारी दिए ।

बीपी राजमार्गको धुलिखेल नगरपालिका-९ पानीट्यांकीमा धुलिखेलबाट काभ्रेभञ्ज्याङ जाँदै गरेको प्र.३०२ ००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

धुलिखेल-११ बस्ने पुकार घिमिरेले चालाएको स्कुटरको पछाडि बसेकी निर्जलालाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक पुकारलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?