+
+
Shares

काठमाडौंमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न

रास्वपाका सांसद रमेश प्रसाईंले काठमाडौंमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रमेश प्रसाईंले काठमाडौंमा घरभाडा निर्धारणको वैज्ञानिक मापदण्ड नभएको भन्दै संसद्मा प्रश्न उठाउनुभयो ।
  • उनले घरबेटीको इच्छाअनुसार भाडा निर्धारण हुँदा विद्यार्थी र मजदुर वर्ग प्रत्यक्ष मारमा परेको उल्लेख गर्नुभयो ।
  • सरकारले बहाल कर मात्र उठाएको तर घरभाडाको मापदण्ड तोक्ने काममा बेवास्ता गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

३० असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले काठमाडौंमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन् ।

‘हामी जस्ताले भाडा तिरेरै हजारौं घरबेटीको घर चलेको छ । तर सानो कोठाको भाडा आठ हजार, ९ हजार, १० हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ?’ उनले प्रश्न गरे ।

घरभाडा निर्धारणमा घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । भएको मापदण्ड पनि लागु नभएको उनले बताएका छन् ।

यो सामान्य विषय नभएको उनले बताए । यो दूरदराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर र निम्नवर्गसँग प्रत्यक्ष सरोकार भएको विषय भएको बताए ।

सरकारले बहाल कर उठाउने तर घरभाडाको वैज्ञानिक मापदण्ड तोक्ने काममा नलागेको भनेर उनले ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?