News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहले गर्दै आएका पछिल्ला गतिविधिहरूलाई \'सस्तो स्टन्ट\' को संज्ञा दिएका छन् ।
- भण्डारीले न्यूरोडको पार्किङ व्यवस्थापन र मिडिया हाउसको गेटमा गरिएको गाडी पार्किङलाई बालेनको \'बचपनापूर्ण\' कार्य भन्दै आलोचना गरेका छन् ।
- उनले बालेनलाई सामाजिक सञ्जालमार्फत शासनको १०० दिनमा शिक्षा, स्वास्थ्य र रोजगारीमा भएको प्रगतिको हिसाब माग्दै काममा लाग्न सुझाव दिएका छन् ।
काठमाडौं । निर्देशक तथा कलाकार विशाल भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई ‘स्टन्ट’ नगर्न सुझाव दिएका छन् । मिडिया हाउस र न्यूरोडमा गरिएको गाडी पार्किङ बालेन सरकारको अहिलेसम्मकै सबैभन्दा सस्तो स्टन्ट भएको टिप्पणी उनको छ ।
‘कमेडी नाइट विथ च्याम्पियन’ निर्देशकले बचपना छाड्न बालेनलाई सुझाव समेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले आजसम्म देखेको सबैभन्दा तल्लो स्तरको स्टन्ट न्यूरोड क्षेत्रमा गराइएको अस्तब्यस्त दुई पांग्रे पार्किङ र मिडिया हाउसको गेटमा गराइएको चारे पांग्रे पार्किङ हो । सांकेतिक विरोध रे । आर यू कमेडी मी ?’
उनले शासनको १०० दिनमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा के उपलब्धि भयो भनेर प्रश्न सोधेका छन् । विमानस्थलमा अझै पनि बाहिर जानेको भीडतर्फ विशालले बालेनलाई हेर्न भनेका छन् ।
‘जेनजी सरकार हुँदा पनि यो लेभलको असन्तुष्टि किन छ ?’ उनको प्रश्न छ ।
व्यापारीको भागभाग भएकाले सम्हाल्न भण्डारीले सुुझाएका छन् । ‘मिडिया र कलाकारको काम तिमीहरूको गुणगान गाउनु मात्र होइन’ भण्डारी लेख्छन्, ‘प्रतिपक्षको काम पनि कमीकमजोरीमै ठोक्ने हो ।’
भण्डारी लेख्छन्, ‘ठूलो आशा राखेर जनताले मत दिएका हुन् । यो बचपनापूर्ण स्टन्टबाजीले त्यो आशामा तुसारापात बाहेक केहि गर्ने छैन । समय रहदै सम्हालिएर कर्तव्यबोध गरि कर्ममा लागेको उत्तम हुन्छ ।’
प्रतिक्रिया 4