+
+
Shares

‘भटभटे’ मा जोडिए विशाल भण्डारी र कर्मासिंह लामा, सेटमा यस्तो देखिए

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक विशाल भण्डारी र कमेडियन कर्मासिंह लामा फिल्म ‘भटभटे’ मा कलाकारको रुपमा सहभागी भएका छन्।
  • निर्देशक लक्ष्मण पौड्यालले फिल्मको ७५ प्रतिशत छायांकन सकिएको जानकारी दिनुभयो।
  • फिल्मको कथा नयनराज पाण्डेले लेखेका हुन् र शीर्ष भूमिकामा अञ्जना बराइली लगायतको अभिनय छ।

काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारी र कमेडियन कर्मासिंह लामा निर्माणाधिन फिल्म ‘भटभटे’ मा कलाकारको रुपमा जोडिएका छन् । यी दुबैजनाले आ-आफ्नो भागको छायांकन सकेका छन् ।

निर्देशक लक्ष्मण पौड्यालका अनुसार फिल्ममा विशालको झन्डै १५ मिनेटको रोल हुनेछ । दर्शकले उनलाई प्रि-क्लाइमेक्सदेखि क्लाइमेक्ससम्म देख्न पाउने जनाइएको छ ।

उक्त टिभी कमेडी शोमा आफ्नो भर्सटाइल अभिनयमार्फत दर्शकको मन जितिरहेका लामाको भने यसमा ‘क्यामियो’ रोल हुनेछ । छायांकन सेटबाट प्राप्त तस्वीरमा उनीहरूलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालको डेब्यू निर्देशकीय फिचर ‘भटभटे’ को अहिले चितवनका विभिन्न थलोमा छायांकन भैरहेको छ । अहिलेसम्म ७५ प्रतिशत छायांकन सकिएको जानकारी पौड्यालले दिए ।

रोमकम तथा सोसल ड्रामा जनरामा बनिरहेको यो फिल्मको शीर्ष भूमिकामा अञ्जना बराइली, ‘कार्टुन्ज क्रु’का सविन कार्की, रवीन्द्र झा, प्रमोद अग्रहरि लगायतको अभिनय छ ।

मोटरसाइकललाई केन्द्रमा राखेर तयार पारिएको फिल्मको कथा चाहिँ चर्चित साहित्यकार नयनराज पाण्डेको हो भने पटकथा पौड्याल स्वयमले लेखेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?