+
+
Shares

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए।
  • केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई सपथ ग्रहण गराउनेछन् र सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन्।

११ चैत, काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए ।

शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?