+
+
Shares

निष्पक्ष रूपमा सभामुखको कार्यसम्पादन गर्छु : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट प्राप्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
  • केसीले गरिबी, रोग, भोक र कुशासनलाई साझा सत्रु भन्दै संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
  • उनले निष्पक्ष र पारदर्शीरूपले सभामुखको कार्यसम्पादन गर्ने र प्रत्येक सांसदको विशेषाधिकारको रक्षक बन्ने प्रतिबद्धता जनाए।

११ चैत, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग केसीले पद तथा गोपनीयताको शपथ लिए ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपछि प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष-प्रतिपक्ष समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए ।

‘हामी सबैको साझा सत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ, २०१५ सालपछि जनताबाट प्राप्त उत्साह सहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद् र सरकारको कर्तव्य हो,’ उनले भने, ‘म निष्पक्ष र पारदर्शीरूपले सभामुखको कार्यसम्पादन गर्ने छु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्यास सहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ, म हरेक सांसदको विशेषाधिकारको रक्षकका रूपमा काम गर्ने छु ।’

२१ फागुन सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?