+
+
Shares

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
  • उहाँले बाढी, पहिरो र डुबानबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • सभामुख अर्यालले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनुभएको छ ।

३० असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिए ।

यस वर्षको मनसुन शुरु भइसकेको र बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन निर्देशन दिए ।

संसद बैठकमा सांसदहरूले विपद्बारे प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन् ।

‘यस वर्षको मनसुन शुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन् । यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुखले भनेका छन् ।

उनले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?