+
+
Shares

सभामुखले विपक्षी ४ दलको तर्फबाट एकजनालाई दिए बोल्न समय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ११:४०

२५ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपक्षी ४ दलको तर्फबाट संसद्मा बोल्न एक जनालाई समय दिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गर्दै आएका छन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

बिहीबार पनि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा विपक्षी तर्फका सांसदहरूले ध्यानाकार्षण गराइराखेको बताए ।

उनले भने, ‘सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ । यसकारण सभालाई मर्यादित र समयको ख्याल गर्नको लागि विपक्षी तर्फको बेन्चको तर्फबाट एक जनाले बोलेर आजको बैठक अगाडि बढाउनका लागि सहयोग गर्न अनुरोध गर्न चाहन्छु ।’

यत्ति भनेर सभामुखले विपक्षीहरूको तर्फबाट बोल्न नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए ।

सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीम विाद सम्बन्धी अभिव्यक्तिमा जवाफ चाहिने बताइन् ।

सुकुम्बासीको व्यवस्था हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

सांसद कामीले आफ्नो कुरा सकाएपछि सभामुख अगाडि बढ्न खोजे । तर फेरि विवपक्षी दलका सांसदहरूले उठे । उनीहरूले विपक्षी दलहरूको तर्फबाट एक जनाले मात्रै बोल्ने विषय उचित नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?