News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यमको कार्यालय अगाडि राखिएका गाडीको घटनाबारे स्पष्टीकरण दिएका छन् ।
- ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालय अन्तर्गतकै हो । गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला,’ मन्त्री पोखरेलले भने ।
- मन्त्री पोखरेलले घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
३० असार, काठमाडौं । अनलाइनखबरसहित विभिन्न मिडियाका गेटमा अवरोध पुग्नेगरी सोमबार राखिएका गाडीबारे सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्टीकरण दिएका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रवक्ता पोखरेलले यो घटनामा संलग्नबारे खोजी कार्य भइरहेको बताए ।
‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालय अन्तर्गतकै हो । गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला,’ पोखरेलले भने ।
साथै, उनले यो कार्यमा संलग्न जो सुकै भेटिए पनि सरकारले कारबाही गर्ने बताए ।
‘प्रहरीले यसमा को को संलग्न छ भन्ने खोजी गर्दैछ । जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ,’ प्रवक्ता पोखरेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4