+
+
Shares

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्रीको आग्रह   

रासस रासस
२०८३ असार ३२ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री गौरीकुमारी यादवले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामलाई सन् २०२५ पछि पनि निरन्तरता दिन अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसमक्ष आग्रह गरेकी छिन् ।
  • मन्त्री यादवले द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका लागि दुई देशबीचको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
  • सरकारले जलविद्युत्, पर्यटन र डिजिटल अर्थतन्त्र जस्ता प्राथमिकताका क्षेत्रमा अमेरिकी लगानी आकर्षित गर्न नीतिगत तथा कानुनी सुधार गरेको जानकारी मन्त्रीले गराएकी छिन् ।

३२ असार, काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरेकी हुन् ।

मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।

नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उनले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताइन् ।

मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?