+
+
Shares

दरौंदी नदीले बगाउँदा एक जना बेपत्ता

४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

रासस रासस
२०८३ साउन १ गते १४:०७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा दरौँदी नदीले बगाउँदा एक जना युवा बेपत्ता भएका छन् ।
  • मलामी गएका ४० वर्षका शमशेर नेपाली बिहीबार दिउँसो १:०० बजेदेखि नदीमा हराइरहेका हुन् ।
  • जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले उनको खोजी कार्य जारी रहेको जानकारी दिए ।

१ साउन, गोरखा । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।

अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?