प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- डोटीको दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका छन्।
- बोहरा बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका हुन् र क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए।
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ जनाको टोलीले उनको खोजी कार्यमा परिचालन गरिएको छ।
८ वैशाख, डोटी । डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएकाे जानकारी अनुसार जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीकाे दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बाेहरा बेपत्ता भएका हुन् ।
बाेहरा दिपायल सिलगढी नगरपालिका-५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।
उनकाे खाेजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाकाे टाेलीले परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4