News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीका लागि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
- मन्त्रालयले २४ जेठको मन्त्रिपरिषद् निर्णय र १० असारको राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै यस्तो अनुरोध गरेको हो ।
- राष्ट्रिय परिचयपत्र नभएका नागरिकका लागि कानूनी रूपमा मान्य अन्य परिचयपत्रका आधारमा ग्राहक पहिचान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
१ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीले नेपालमा बैंक खाता सञ्चालन तथा केवासी भर्दा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य नभएको भन्दै सोही अनुसार व्यवस्था गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
मन्त्रिपरिषद्को २४ जेठ २०८१ को बैठक र १० असार २०८१ को राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै खाता खोल्ने व्यवस्था गर्न भनिएको छ । गैरआवासीय नागरिकले बैंक खाता खोल्न र अन्य वित्तीय कारोबारमा अवरोध सिर्जना भएको गुनासो गर्दै आएको मन्त्रालयले जनाएको छ ।
सो निर्णयपछि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिक र गैरआवासीय नेपाली परिचय पत्र प्रापत गरेका नेपाली मुलका विदेशी नागरिकको हकमा राष्ट्रिय परिचय पत्र जारी गर्ने प्रवन्ध र अभ्यास हालसम्म नभएको स्मरण परराष्ट्र मन्त्रालयले गरेको छ ।
अर्कोतर्फ नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमार्फत ग्राहक पहिचान र सम्पुष्टिका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रको विकल्प खुला राखेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
यसले राष्ट्रिय परिचय पत्र नभएका वा बन्न नसक्ने नागरिकको हकमा कुनै पनि कानूनी रुपमा मान्य हुने परिचय पत्रका आधारमा ग्राहक पहिचान गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन मन्त्रालयले विभाग र राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।
प्रतिक्रिया 4