+
+
Shares
राष्ट्रिय प्रतिबद्धता :

गैरआवासीय नेपालीका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्ने प्रस्ताव

संवैधानिक र कानुनी व्यवस्था गरी गैर आवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १५:५५

१ वैशाख,काठमाडौं । सरकारले गैर आवासीय नेपालीहरूलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेष्टर) को स्थान दिइ पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक एक खर्बको डायस्पोरा बण्ड जारी गर्ने प्रस्ताव गरेको छ ।

सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा तयार गर्दै यस्तो प्रस्ताव गरेको हो । सुझावका लागि तयार गरिएको मस्यौदामा संवैधानिक र कानुनी व्यवस्था गरी गैर आवासीय नेपालीको नागरिकताको निरन्तरतापैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

एकपटकको नेपाली सधैंको नेपाली‘ लाई सुनिश्चित गरी विदेशमा रहेका नेपालीको ज्ञानसीप र अनुभवलाई ब्रेन गेनको रुपमा प्रयोग गरिनेछ मस्यौदामा छ ।

डायस्पोराको पुँजी र ज्ञान आकर्षित गरी अन्तर्राष्ट्रियस्तरको खेलकुद शहरउच्च शिक्षा अनुसन्धान केन्द्रविशिष्टिकृत स्वास्थ्य सेवासांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा आयोजनाहरुको विविधीकरण गरिनुका साथै फास्ट ट्याक मोडेलमा निर्माण गरिने उल्लेख छ ।

 ‘विदेशमा वस्ने नेपालीहरुको लगानी प्रोत्साहन गर्न नेपालीहरुको ठूलो बसोवास भएका  देशहरूसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता गरिनेछ‘,  प्रस्तावमा छ ।  डायस्पोराका लागि सेवा निवृत्तिपछि मातृभूमि फर्कौं भन्ने प्याकेज ल्याउने पनि प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?