+
+
Shares

आज ३ संसदीय समितिको बैठक बस्दै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज संघीय संसद्का विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहान ११ बजे आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल गर्नेछ ।
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले दिउँसो साढे २ बजे दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका विषयमा छलफल गर्ने भएको छ ।

८ साउन, काठमाडौं । संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ । सो बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक दिउँसो साढे २ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?