News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको धुलिखेलस्थित हिमालयन दृष्य होटलमा स्पिकरको लाइन सर्ट हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२१ सतुङ्गलका ३० वर्षीय डेनिष प्रधान रहेको प्रहरीले जनाएको छ ।
- फोटो खिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका प्रधानको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
९ साउन, काठमाडौं । काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो ।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4