+
+
Shares

धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच धनगढीमा औपचारिक छलफल शुरु भएको छ।
  • वार्तामा सरकारी टोलीले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालसहितका उच्च अधिकारीहरू सहभागी गराएको छ।
  • केसीले उठाएका मागमध्ये विश्वविद्यालयका पदाधिकारी हटाउने विषयमा सहमति जुट्न कठिन देखिएको छ।

१० साउन, धनगढी । बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा केहीबेर अघिदेखि छलफल सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन् ।

डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् । उनीहरूबीच केसीले उठाएका मागबारे संवाद भइरहेको छ । केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक भएपनि सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनिल प्रसाद जोशी र रजिष्ट्रारलाई हटाउने विषयमा भने पेचिलो बनेको छ ।

सरकार पक्षले उनीहरुलाई जिम्मेवारी मुक्त गर्न सकिने प्रावधान नभएका कारण उक्त मागमा सहमती जुट्ने सम्भावना कम रहेको छ । केसीका मागबारे वार्ता गर्नुअघि उनीहरुले सेती प्रादेशिक अस्पतालको आईसीयू वार्डमै पुगेर केसीसँग भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?