News Summary
Generated by OK AI. Editorially reviewed.- टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको छ।
- नयाँ पञ्च ईभीको मूल्य ३३ लाख ९९ हजार र टियागो ईभीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
- सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारी साधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो।
२६ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन्।
त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पोमा यी दुवै मोडल बुकिङ गर्ने ग्राहकले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी प्राप्त गर्ने कम्पनीले जनाएको छ।
गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए । उनका अनुसार नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नु कम्पनीको यही प्रतिबद्धताको निरन्तरता हो। दुवै मोडल फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको उनले बताए।
सिप्रदी ट्रेडिङले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको जनाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले ग्राहकलाई विद्युतीय सवारीसाधन प्रयोगमा थप विश्वास र सहजता दिलाउन सेवा तथा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको बताए।
कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।
नयाँ पञ्च ईभीमा दुई ब्याट्री विकल्प
अत्याधुनिक एक्ट ईभी प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट–आवर र ४० किलोवाट–आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्।
कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन्।
पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन्।
नयाँ टियागो ईभीमा पनि थप सुविधा
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन र आकर्षक रङ विकल्प उपलब्ध छन्।
यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली तथा ६ वटा एयरब्यागलगायत सुरक्षा र प्रविधिसम्बन्धी सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकसँगै सिप्रदीले नेपाली विद्युतीय सवारी बजारमा टाटाको विद्युतीय मोडलको दायरा थप विस्तार गरेको छ।
प्रतिक्रिया 4