News Summary
Generated by OK AI. Editorially reviewed.- टाटा मोर्टसले नेपालमा विद्युतीय कार टियागो इभीको लागि 'स्विच टु टियागो इभी' एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
- यो योजना अन्तर्गत ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी खरिद गर्न सक्नेछन्।
- योजनामा पुराना सवारीको मूल्याङ्कन, नगद छुट, निःशुल्क एक्सेसरिज, एक वर्षको सवारी कर छुट, र निःशुल्क चार्जिङ सुविधा उपलब्ध छन्।
२८ फागुन, काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन् ।
यो विशेष क्याम्पेन शुक्रबार, शनिबार र आइतबार देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
‘यस अफरमा ग्राहकले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘योजना अन्तर्गत पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।’
त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4