+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

टियागो ईभीमा मेडिकल क्षेत्रका कर्मचारीलाई विशेष अफर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिप्रदी ट्रेडिङले मेडिकल समुदायका लागि टियागो ईभीमा विशेष अफर ल्याएको छ जसमा नगद छुट, पुरस्कार र प्रिमियम सेवा समावेश छन्।
  • ग्राहकले टियागो ईभीको बुकिङ गर्दा लिटम्यान स्टेथोस्कोप पाउनेछन् र तीन उपहार विकल्पमध्ये एक रोज्न सक्नेछन्।
  • योजनामा बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट, जीवनभर डीसी फास्ट चार्जिङ सुविधा र निःशुल्क एक्सेसरिज छन्।

२४ मंसिर, काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल क्षेत्रमा कार्यरत कर्मचारीलाई टियागो ईभीमा विशेष अफर ल्याएको छ ।

समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्न टियागो ईभीमा विशेष योजना ल्याइएको सिप्रदीले जनाएको छ ।

‘यस योजना अन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायका ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्’ कम्पनीले भनेको छ ‘साथै हरेक टियागो ईभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन्।’

यस अफरको मुख्य आकर्षणमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । रोज्न पाइने अफरमा जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रहेका छन् ।

योजना अन्तर्गत सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरिज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधा समेटिएका छन् ।

यसको साथै मेडिकल समुदायको परिचय पत्र देखाउँदा थप नगद छुट पनि रहेको छ। यी सुविधाले मेडिकल समुदायका ग्राहकहरुलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?