+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

सयौं गिटारिस्टले मनाए रक ब्यान्ड ‘मन्त्र’ को २५ वर्ष, गुन्जियो ‘वीर वीर गोर्खाली’

धेरैका लागि, यो कार्यक्रम केवल कन्सर्ट मात्र थिएन, समुदायको एक शक्तिशाली प्रदर्शन र ब्यान्डको विरासतको उत्सव थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्जिलिङमा डिसेम्बर ७, २०२५ मा सयौं संगीतकर्मीले नेपाली रक ब्यान्ड ‘मन्त्र’ लाई ट्रिब्यूट दिँदै विश्व कीर्तिमान बनाउने प्रयास गरे।
  • ‘मन्त्र’ का गायक भास्कर देवानले भने, ‘दार्जिलिङले हाम्रो गीत बजाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो ।’
  • मेलो-टी फेस्टको तेस्रो संस्करण डिसेम्बर ११ देखि १४ सम्म हुने र यसमा खुला रक प्रतियोगिता, कला प्रदर्शनी र म्याराथन हुनेछन्।

दार्जिलिङ । डिसेम्बर ७, २०२५ आइतबारका दिन दार्जिलिङ गुञ्जियो । सयौं संगीतकर्मी नेपालीभाषी बहुल यो शहरको प्रसिद्ध चौरस्तामा लोकप्रिय नेपाली रक ब्यान्ड ‘मन्त्र’ लाई ट्रिब्यूट दिँदै थिए । जुन ब्यान्डले स्थापनाको २५ वर्ष मनाएको छ ।

मेलो-टी फेस्टको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा गिटारवादकहरूले ब्यान्डको चर्चित गीत ‘वीर वीर गोर्खाली’ प्रस्तुत गरे, जसले गोर्खा गौरव र पहिचानलाई दर्शाउँछ ।

दार्जिलिङ प्रहरी लगायत कार्यक्रमका आयोजकले एक हजारभन्दा बढी सहभागीसँग विश्व कीर्तिमान बनाउने लक्ष्य राखेका थिए । जुन उद्देश्यले सयौं संगीतकारले शारीरिक र भर्चुअल रूपमा भाग लिए ।

विश्व कीर्तिमान राख्नको लागि आवश्यक संख्यामा केही कमी रहेपनि सहभागी र पर्यटकले प्रदर्शन पछाडिको भावनालाई गहिरोसँग आत्मसात गरे । धेरैका लागि, यो कार्यक्रम केवल कन्सर्ट मात्र थिएन, समुदायको एक शक्तिशाली प्रदर्शन र ब्यान्डको विरासतको उत्सव थियो ।

‘मन्त्र’ का गायक भास्कर देवानले कृतज्ञता व्यक्त गर्दै भने, ‘दार्जिलिङले हाम्रो गीत बजाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो । यो दार्जिलिङको संगीतसँगको सदाको लागि जोडिएको सम्बन्धलाई पुनः गाँस्ने एक उत्तम तरिका थियो ।’

यो प्रदर्शन दार्जिलिङ मेलो-टी फेस्टको तेस्रो संस्करणको पूर्व-कार्यक्रमको एक हिस्सा थियो, जुन महोत्सव पर्यटन, युवा रोजगारी र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

मुख्य महोत्सव डिसेम्बर ११ देखि १४, २०२५ सम्म चल्ने तालिका छ र यसमा खुला रक प्रतियोगिता, कला प्रदर्शनी र म्याराथन सहित विभिन्न कार्यक्रमहरू हुनेछन् ।

सन् २०१३ को भेलामा लगभग ७०० गिटारवादकले जोन लेननको ‘इम्याजिन’ प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?