२४ काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज इलिमिनेटर खेल हुँदैछ । पहिलोपटक प्लेअफ पुगेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल नकआउट म्याच भएकोले डु अर डाई जस्तै छ ।
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रीत गौतमले सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै आजको खेलमा दुवै टिमले आफ्नो बेस्ट म्याच देखाउनुपर्ने बताए । ‘आजको खेलमा दुवै टिमले आज बेस्ट म्याच खेल्नुपर्नेछ ।’
काठमान्डुका लागि हरेक म्याचमा फरक खेलाडीले राम्रो प्रदर्शन गर्नु राम्रो रहेको रीतले बताए । ‘काठमान्डुको राम्रो कुरा हरेक म्याचमा नयाँ खेलाडीले जिताइरहेका छन् । शाहब आलम र करण केसीले कन्सिस्टेन्सी देखाइरहेको छ । अन्डररेटेड टिम हो । काठमान्डु बलियो टिम नै छ’, उनले भने, ‘काठमान्डुको मुख्य स्ट्रेन्थ भनेको बलिङ नै देख्छु म । मिडियम पेसमा करण दाइले लिड गर्नुभाछ र शाहबले स्पीनमा लिड गरेको छ । यो लाइनअपले डिफेण्ड पनि गर्न सक्छ ।’
उनले थपे, ‘करण केसीले हरेक खेलमा अर्ली विकेट लिनुभाछ । आज पनि करण दाइले सुरुमा विकेन लिनुभयो भने राम्रो हुन्छ ।’ ब्याटिङ मा पनि ओपनरदेखि मिडल अर्डरको गहिराइ रहेको रीतले बताए ।
यस्तै उनले लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सुरुवात राम्रो नहुँदा पनि हरेक खेलमा दबाबमा इनिङ्स बिल्ड गरिरहेको बताए । त्यसले गर्दा पनि रोहित टिमको मुख्य खेलाडी बनेको रीतले बताए ।
यस्तै निरोशन डिकवेला आएपछि मिडल अर्डरमा बलियो बनेको उनले बताए । ‘डिकवेला टेष्ट नेसनको अनुभवले पनि मिडल अर्डरमा भरपर्दो खेलाडी छ’, उनले भने ।
ब्याटिङमा लुम्बिनीमा टप अर्डर बलियो रहेको र गहिराइमा कमी रहेको बताए ।
लुम्बिनीको बलिङमा शेर मल्ल मुख्य विकेट टेकिङ बलर भएको रीतले बताए । ‘उनको बलियो पक्ष क्यारेम बल हो । शेर मल्ललाई पावर प्लेमै युज गर्नुपर्छ । आज स्पीनरको भूमिका महत्वपूर्ण हुन सक्छ’, उनले थपे ।
लुम्बिनीले तिलकलगायत स्पीनरलाई अवसर दिइरहेको र त्यो राम्रो भएको उनले बताए । फास्ट बलरमा कन्सिस्टेन्सी नदेखिएको र आजको खेलमा रुबेन ट्रम्पलम्यानलाई विपक्षीले टार्गेट गर्न सक्ने रीतले बताए ।
दुवै टिम जितको मोमेन्टममा आएको र एलिमनेटरमा जे पनि हुन सक्ने रीतले बताए । तर, समग्रमा काठमान्डु बलियो देखिएको बताए । लुम्बिनीका लागि एक्स फ्याक्टर मिडल अर्डर चल्नुपर्छ ।
काठमान्डुका लागि जोन सिम्पसन चल्नुपर्ने रीतले बताए । लिग चरणमा काठमान्डुले लुम्बिनीलाई पराजित गरेको थियो । इलिमिनेटरमा लुम्बिनीले बदला लेला वा काठमान्डुले लय कायम राख्ला ?
इलिमिनेटर अघि रीत गौतमसँग खेलको विभिन्न विषयमा गरिएको कुराकानी भिडियोमा :
प्रतिक्रिया 4