+

गोलकिपर किरणले छाडे बंगलादेश पुलिस क्लब

२०८२ मंसिर  २४ गते १२:०३ २०८२ मंसिर २४ गते १२:०३
गोलकिपर किरणले छाडे बंगलादेश पुलिस क्लब

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मंगलबार सामाजिक सञ्जालमार्फत बंगलादेश पुलिस एफसी छाडेको जानकारी गराएका छन्।
  • बंगलादेश फुटबल फेडेरेसनले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडी मान्ने निर्णयपछि किरणसहित ८ नेपाली खेलाडी बंगलादेशी लिगमा अनुबन्ध भएका थिए।
  • अखिल नेपाल फुटबल संघले पुष २५ गतेदेखि राष्ट्रिय लिग गर्ने र त्यसपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ।

२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बंगलादेशी क्लब छाडेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत बंगलादेश पुलिस एफसी छाडेको जानकारी गराएका छन् ।

उनले गर्हौं हृदयका साथ क्लब छाडेको र धेरै माया रहेको जनाएका छन् । साथै क्लबको आगामी दिनमा सफलताको कामना गरेका छन् । टिममा धेरै सम्झन लायक कुराहरु रहेको र त्यो क्षण आफूले सधैँ सम्झने किरणले लेखेका छन् ।

नेपालमा नियमित घरेलु लिग नहुँदा कप्तान किरणसहित राष्ट्रिय टिमका ८ खेलाडी यसै सिजन बंगलादेशी लिग खेल्न विभिन्न क्लबमा अनुबन्ध भएका थिए । त्यसमध्ये किरण र आयुष घलान बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका थिए ।

बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को गत जेठमा दक्षिण एसियाली राष्ट्रका खेलाडीहरूलाई ‘स्थानीय खेलाडी’को रूपमा गणना गर्ने निर्णय गरेपछि नेपाली फुटबल खेलाडीहरू बंगलादेशको लिगमा अनुबन्ध भएका थिए ।

२०७९/८० मा शहीद स्मारक ए डिभिजन लिग भएपछि नेपालमा पछिल्लो दुई सिजन ए डिभिजन लिग भएन भने यस सिजन पनि अझै अन्योल कायम छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन पुष २५ गतेदेखि राष्ट्रिय लिग गर्ने र त्यो सकिएपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ । नियमित लिग नहुँदा नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम अझै रोकिएको छैन ।

किरणले बंगलादेश क्लब छाडेपछि उनले नेपालकै कुनै क्लबबाट खेल्ने सम्भावना रहेको चर्चा समेत चलेको छ तर किरणले भने यसबारे केही सार्वजनिक गरेका छैनन् ।

किरण नेपाल, भारत र माल्दिभ्स तीन राष्ट्रको शिर्ष लिग जित्ने एक मात्र खेलेका हुन् । उनले सन् २०१६ पछि विदेशी लिग खेल्दै आएका छन् । यस्तै पहिलो सिजन नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका किरणले दोस्रो सिजन भने खेलेनन् ।

उनी नेपाली राष्ट्रिय टिमबाट १०० क्याप जित्ने पहिलो खेलाडी समेत हुन् ।

किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय