+

च्याम्पियन्स लिगमा लिभरपुल र टोटनहमको जित, चेल्सीको हार

२०८२ मंसिर  २४ गते १२:०१ २०८२ मंसिर २४ गते १२:०१
च्याम्पियन्स लिगमा लिभरपुल र टोटनहमको जित, चेल्सीको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलले इन्टर मिलानमाथि १-० को जित हासिल गरेको छ, डोमिनिक सोबोस्लाइले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
  • टोटनहमले स्लाभिया प्राहामाथि ३-० को जित हासिल गरेको छ, जसमा मोहमद कुडुस र जाभी सिमोन्सले पेनाल्टीमार्फत गोल गरेका छन्।
  • चेल्सीले एट्लान्टासँग २-१ को हार बेहोरेको छ, जोआओ पेड्रोले अग्रता दिलाए पनि दोस्रो हाफमा गोल फर्काइएको थियो।

२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुल र टोटनहमले जित हासिल गर्दा चेल्सी पराजित भएको छ ।

लिभरपुलले इन्टर मिलानमाथि १-० को जित हासिल गर्‍यो । लिभरपुलको जितमा डोमिनिक सोबोस्लाइले ८८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै टोटनहमले स्लाभिया प्राहामाथि ३-० को जित हासिल गर्‍यो । टोटनहमको जितमा मोहमद कुडुस र जाभी सिमोन्सले पेनाल्टीमार्फत एक-एक गोल गर्दा प्राहाका डेभिड जिमाबाट एक गोल आत्मघाती भयो ।

२६औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको टोटनहमका लागि कुडुसले ५०औं मिनेट अनि जाभीले ७९औं मिनेटमा गोल थपे ।

यता चेल्सीले एट्लान्टासँग २-१ को हार बेहोर्‍यो । जोआओ पेड्रोले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि दोस्रो हाफमा जियानलुका स्कामाका र चार्ल्स डे केटालेरले गोल फर्काए ।

यी नतिजापछि चेल्सीलाई हराएको एट्लान्टा ६ खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ । पराजित चेल्सी १० अंकसहित ११औं स्थानमा छ । लिभरपुल ६ खेलमा १२ अंक जोडेर आठौं स्थानमा छ भने टोटनहम ११ अंकसहित नवौं स्थानमा छ ।

पराजित भएपनि इन्टर भने १२ अंकसहित पाँचौं स्थानमा छ । स्लाभिया प्राहा ३ अंकसहित ३२औं स्थानमा छ ।

चेल्सी टोटनहाम युरोपियन च्याम्पियन्स लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय