News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पोर्टिङ सिपीमाथि ३-१ को जित हासिल गरेको छ।
- खेलमा जोशुआ किमिचको आत्मघाति गोलपछि स्पोर्टिङले अग्रता लिएको थियो।
- सर्न जिनाब्री, लेनार्ट कार्ल र जोनाथन ताहले दोस्रो हाफमा गोल गर्दै बायर्नलाई जित दिलाएका छन्।
२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पोर्टिङ सिपीमाथि ३-१ को जित हासिल गरेको छ ।
खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । बायर्नको जितमा सर्न जिनाब्री, लेनार्ट कार्ल र जोनाथन ताहले १-१ गोल गरे ।
त्यसअघि जोशुआ किमिचबाट आत्मघाति गोल भएपछि स्पोर्टिङले ५४औं मिनेटमा अग्रता लिएको थियो ।
तर ६५औं मिनेटमा जिनाब्री, ६९औं मिनेटमा कार्ल अनि ७७औं मिनेटमा ताहले गोल गर्दै जित दिलाए ।
जितपछि बायर्नको ६ खेलमा १५ अंक भएको छ र दोस्रो स्थानमा छ । पराजित स्पोर्टिङको १० अंक छ र १३औं स्थानमा छ ।
प्रतिक्रिया 4