+

आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र आठौं स्थानमा यथावत्

२०८२ मंसिर  २४ गते १४:३६ २०८२ मंसिर २४ गते १४:३६
आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र आठौं स्थानमा यथावत्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा लगातार दोस्रो साता आठौं स्थानमा रहेका छन्।
  • दीपेन्द्रको रेटिङ अंक २०२ रहेको छ र नेपालले पछिल्लो समय कुनै टी-२०आई खेल खेलेको छैन।
  • कुशल भुर्तेल अलराउण्डर वरीयतामा २५औं स्थानमा रहेका छन् र पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा छन्।

२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत् रहेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता आठौंमै रहेका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा पनि दीपेन्द्रको वरीयतामा असर परेको छैन ।

दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि अघिल्लो साता भएको अपडेटमा पनि दीपेन्द्र आठौंमै थिए ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज यथावत् छन् ।

चौथोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । पाकिस्तानका मोहम्मद नवाज र अफगानिस्तानका मोहम्मद नाबी क्रमश: पाँचौ र छैटौं स्थानमा झरेका छन् ।

वेस्ट इन्डिजका रोमारियो शेपहर्ड सातौंमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।

 

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय