+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

संकट समाधान गर्न नेतृत्व रुपान्तरण वा हस्तान्तरण गर्छौं : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १४:४३

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए । तर पार्टीभित्र प्रतिस्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाइ छ ।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने बताउँदै संकटको पछाडिको कारण के हो ? यसको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? भन्ने समीक्षा गर्न आवश्यक रहेको उनले बताए ।

‘हामीले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्छौं, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिस्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिदैछ, संकटले परिवर्तन ल्याउने हो,’ विष्टले भने, ‘संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो ? यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागी हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्तरण गर्छौं ।’

कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनको भनाइ छ ।

देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे ।

‘देशभरबाट आउनुभएका प्रतिनिधि साथीहरू सार्वभौम हुनुहुन्छ, उहाँहरूले पार्टी भित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरू आउनुभएको छैन । उहाँहरूले देशका चुनौतीहरूलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यामबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भूमिका खेल्नेछ,’ उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?