+
+
Shares

मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १४:०५

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन्। बिहीबार मात्रै पाँच महिनापछि नेपाल फर्किएका उनले अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन्।

‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो। नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन,’ उनले भने।

देउवाले युवा र पाका पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। युवाहरू अघि बढ्नुपर्ने भए पनि यसको अर्थ पुराना र अनुभवीहरू खराब हुन् भन्ने गलत भाग्य निर्माण गर्न नहुने देउवाको भनाइ छ ।

उनले पार्टीका नेता कार्यकर्ता निराश भएको अवस्था रहेको पनि बताएका छन्। ‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरुको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ । त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहान्छु,’ उनले भने, ‘विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।’

आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध रहेको पनि बताए। ‘यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं यदि कतै चुक्यौं भने पुनः उठ्नेछौं,’ उनले भने, ‘हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?