News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले आयोजना गरेको सातदिने 'ओल्ड इज गोल्ड' फिल्म श्रृंखला विभिन्न पुराना नेपाली चलचित्रहरू प्रदर्शन गर्दै सम्पन्न भएको छ।
- कार्यक्रमको अन्तिम दिन 'बदलिँदो आकाश' र 'जीवनरेखा' फिल्म प्रदर्शन गरिनुका साथै वरिष्ठ फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो।
- बोर्ड अध्यक्ष दिनेश डीसीले पुराना फिल्मप्रति दर्शकको उत्साहजनक सहभागिताले नेपाली सिनेमासँग दर्शकको भावनात्मक र सांस्कृतिक सम्बन्ध जीवित रहेको सन्देश दिएको बताएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘ओल्ड इज गोल्ड’ श्रृंखला फिल्म ‘जीवनरेखा’को प्रदर्शनसँगै सुरु भएको छ । ७ दिनसम्म चलेको श्रृंखलामा विभिन्न कालखण्डमा फिल्म प्रदर्शन गरिए ।
ती फिल्म हेर्न उत्साहजनक सहभागिता देखिएको बोर्डले जनाएको छ । अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिए ।
समापनमा फिल्मकर्मी शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टीका पहारी, सुष्मा शाही, लक्ष्मीनाथ शर्मा, प्रभा ढकाललगायत सहभागी रहे ।
समापनमा अर्को कीर्तिमानी कमाइ गरिरहेको फिल्म ‘गौंथली’का कलाकार अरुण क्षेत्री, सिम्रन खड्का, निर्देशक कपिल रिजाल, निर्माता सुमन गिरी पनि सहभागी थिए ।
७ दिन लामो श्रृंखलामा ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी, ‘शान्तिदीप, ‘हिजो आज भोलि, ‘बदलिँदो आकाश र ‘जीवनरेखा प्रदर्शन गरिए ।

बोर्ड अध्यक्ष दिनेश डीसीले कलाकारसँग तत्कालीन समयको फिल्म निर्माण, अभिनय र नेपाली सिनेमाको यात्राबारे संवाद तथा सहजीकरण गरेका थिए ।
पहिलो दिनदेखि नै दर्शकको चाप उल्लेख्य रहेको बोर्डले जनाएको छ ।
कार्यक्रममा देखिएको दर्शकको हाउसफुल सहभागिताले पुराना नेपाली फिल्मका दर्शक अझै छन् भन्ने सन्देश दिएको बोर्डले विवरणमा उल्लेख गरेको छ ।
‘डिजिटल प्लेटफर्म, मोबाइल र स्ट्रिमिङको समयमा दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शक हलसम्म पुग्नुले पुरानो नेपाली सिनेमासँग दर्शकको भावनात्मक तथा सांस्कृतिक सम्बन्ध अझै जीवित रहेको देखाएको छ’ बोर्डले भनेको छ ।
प्रतिक्रिया 4