News Summary
Generated by OK AI. Editorially reviewed.- इन्फा इभेन्ट्स यूके तथा नेपालको आयोजनामा काठमाडौँमा तेस्रो 'इन्फा अवार्ड्स २०२६' भव्य रूपमा सम्पन्न भएको छ ।
- सर्वाधिक नौ विधामा पुरस्कार जित्दै 'ऊनको स्वीटर' चलचित्रले अवार्ड समारोहमा आफ्नो वर्चस्व कायम राखेको छ ।
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँसहित दीर्घसाधना सम्मानद्वारा सम्मानित गरिएको छ ।
काठमाडौं । ‘इन्फा अवार्ड्स २०२६’ वितरण गरिएको छ । शनिबार आयोजित समारोहमा फिल्मका विभिन्न विधामा पुरस्कार वितरण गरियो । सर्वाधिक ९ विधा जित्दै ‘ऊनको स्वीटर’ले वर्चस्व राख्यो ।
इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो संस्करणको अवार्ड वितरण गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना सम्मान प्रदान गरियो । उनलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ पनि प्रदान गरियो ।
कसले कुन विधामा जिते ? यस्तो छ सूची :
१) उत्कृष्ट फिल्म
ऊनको स्विटर
२) उत्कृष्ट निर्देशक
नवीन चौहान (ऊनको स्वीटर)
३) उत्कृष्ट अभिनेता
नीर शाह (परान)
विपिन कार्की (ऊनको स्विटर)
४) उत्कृष्ट अभिनेत्री
मिरुना मगर (ऊनको स्विटर)
५) उत्कृष्ट चरित्र अभिनेत्री
लक्ष्मी गिरी (श्री बुकुरो)
६) उत्कृष्ट चरित्र अभिनेता
सन्तोष पन्त (हर्ष)
७) उत्कृष्ट द्वन्द्व निर्देशक
श्री श्रेष्ठ (राम नाम सत्य)
८) उत्कृष्ट खलपात्र
सृष्टि श्रेष्ठ (द ब्लू लाइट)
९) उत्कृष्ट छायाँकार
निमेष रेग्मी (जेरीः अन टप)
१०) उत्कृष्ट सह-अभिनेता
प्रकाश दाहाल (अभिमन्यू)

११) उत्कृष्ट सह-अभिनेत्री
आँचल शर्मा (जेरीः अन टप)
१२) उत्कृष्ट पाश्र्वसंगीत
मोहक श्रेष्ठ (द ब्लू लाइट)
१३) उत्कृष्ट नवअभिनेत्री
श्यामश्री शेर्पा (माइतीघर)
१४) उत्कृष्ट नवअभिनेता
विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)
१५) उत्कृष्ट पाश्र्वगायिका
झुमा लिम्बु (ऊनको स्विटर)
१६) उत्कृष्ट पाश्र्वगायक
सुजन चापागाईं (ऊनको स्विटर)
१७) उत्कृष्ट गीतकार
हर्क साउद (ऊनको स्विटर)
१८) उत्कृष्ट पटकथा
नवीन चौहान र सुरज (ऊनको स्विटर)
१९) उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ (जेरीः अन टप)
२०) उत्कृष्ट नृत्य निर्देशक
रामजी लामिछाने (मोहर)
२१) उत्कृष्ट संगीतकार
सुजन चापागाईं (ऊनको स्वीटर)
गैरप्रतिस्पर्धात्मक अर्थात सहायक विधाको जुरी अवार्डतर्फ फिल्म सिटामोलबाट सौगात मल्ल अभिनेता, निर्देशकतर्फ फिल्मको रमिताको पिरतीबाट सुदीप्ता अधिकारी, फिल्मतर्फ गुन्युचोलोबाट समुन्द्र भट्टलाई प्रदान गरियो । कविता नेपाललाई ‘पर्फमर अफ द इयर’, उषा उप्रेतीलाई ‘इन्करेजमेन्ट अवार्ड’, जसिता गुरुङलाई ‘जेरीः अन टप’बाट लोकप्रिय अभिनेत्री र पल शाहलाई लोकप्रिय अभिनेताको अवार्ड वितरण गरियो ।
प्रतिक्रिया 4