+
+
Shares

गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ६ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा चौधरीको न्याय माग्दै स्थानीयले वीरगञ्ज–पथलैया सडक खण्डको सिमरामा चार दिनदेखि धर्ना जारी राखेका छन् ।
  • बिहीबार राति प्रशासनसँग पाँच बुँदे सहमति भए पनि मृतक बालिकाको परिवारले त्यसलाई अमान्य भन्दै आन्दोलन जारी राखेको छ ।
  • मृतक बालिकाको शव कलैया अस्पतालमै रहेको छ, भने जीतपुरसिमरा उपमहानगरपालिका र बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भइरहेका छन् ।

६ भदौ, सिमरा (बारा) । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ ।

तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।

बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।

अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।

बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भैरहेका छन् ।

सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो ।

तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् ।

मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?