+
+
Shares

नाडा अटो शोमा सार्वजनिक भयो हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटो शोको पहिलो दिन शशीला मोटर्सले नेपालमै पहिलोपटक हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरेको छ।
  • ३१ सिट क्षमताको बसमा २१६ किलोवाट आवर ब्याट्री र २७५ किलोवाट मोटर छ, र एकपटक चार्ज गर्दा ३५० किलोमिटर चल्ने कम्पनीले जनाएको छ।
  • बसको ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्म वारेन्टी दिइएको छ, जुन नेपालमा भित्रिएका व्यावसायिक सवारीमध्ये सबैभन्दा लामो भएको कम्पनीको दाबी छ।

९ भदौ, काठमाडौं । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ।

नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता शशीला मोटर्स प्रालिले नेपालमै पहिलोपटक ठूलो आकारको भी सिरिज प्रिमियम ईभी कोच सार्वजनिक गरेको हो।

३१ सिट क्षमताको उक्त बसमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। बसमा २७० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ।

बसको ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपालमा हालसम्म भित्रिएका व्यावसायिक सवारीसाधनमध्ये यो सबैभन्दा लामो ब्याट्री वारेन्टी हो। यसले व्यावसायिक सवारी सञ्चालकको लगानीलाई सुरक्षित र सुनिश्चित गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ।

बसमा डबल एयर सस्पेन्सन, अगाडि र पछाडि डिस्क ब्रेक, एबीएस तथा ईबीडी सिस्टम जडान गरिएको छ। उच्च गुणस्तरको एसी र हिटरसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट राखिएको छ भने सुरक्षित ड्राइभिङका लागि ब्लाइन्ड स्पट न्यून हुने गरी बसको डिजाइन गरिएको छ। सीसीटीभी क्यामरा र जीपीएस सिस्टम पनि बसमै जडान भएर आउने कम्पनीले जनाएको छ।

शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रधुम्न केसीले लामो दूरीमा सञ्चालन हुने विभिन्न आकार र क्षमताका प्रिमियम कोचसँगै सहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस उपलब्ध रहेको जानकारी दिए। ग्राहकको आवश्यकता र मागअनुसार बसलाई कस्टमाइज गर्न सकिने उनले बताए।

केसीले डिजेल बसको तुलनामा विद्युतीय बसबाट हुने आम्दानी तीन गुणासम्म बढी हुने दाबी गरे। कम्पनीका सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको गुणस्तरीय सेवाका लागि शशीला मोटर्स पूर्ण रूपमा तयार रहेको बताए। आवश्यक जनशक्ति र स्पेयर पार्ट्सको व्यवस्थासमेत मिलाइसकेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?